संसद बिघटन बिरुद्ध कांग्रेसको दोधारा चाँदनीमा बिरोध कार्यक्रम

  शनिबार २५, पुष २०७७ ०९:१७

 दोधारा । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको संसद विघटनको बिरुद्धमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस माहाकालीले बिरोध सभा गरेको छ् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपती बिद्या देबी भण्डारीले प्रतिनिधी सभा विघटन गरेको बिरोधमा कांग्रेसले कञ्चनपुर सहित देशभरीका सबै निर्वाचन क्षेत्रमा बिरोध कार्यक्रम तय गरेको हो ।

कञ्चनपुरका तीनै निर्वाचन क्षेत्रमा कांग्रेसले बिरोध सभा सम्पन्न गरेको नेपाली काग्रेंसले जनाएको छ् ।

कम्यूनिष्ट नेता ओलीले जनमतको नांगो उलंघन मात्र नभई लोकतन्त्रनै समाप्त पार्ने गरि पद जोगाउनका लागी देशलाई धराप र बन्धकीमा राखेको नेपाली कांग्रेसका क्षेत्रिय सभापती गोपाल भट्टको भनाई रहेको छ् ।

कञ्चनपुर निर्वाचन निर्वाचन क्षेत्र नं। ३ ९ख० अन्तर्गत माहाकाली नगरपालिकाको साबिकको चा“दनी गाबिसको खुला मैदानमा संसद विघटनको बिरुद्धमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस माहाकालीले बिरोध सभा सम्पन्न गरेको हो ।

नेपाली कांग्रेसका क्षेत्रिय सभापती गोपाल भट्टका अनुसार ओलीको सर्वसत्तावाद, भ्रष्टाचार बिरुद्ध कांग्रेसमा जनलहर चलेको छ् । जनताको अभिमत लत्याउने ओलीको असम्वैधानिक कदम बिरुद्ध जनताले सडकका आउनुको विकल्प नभएको भन्दै आन्दोलनमा सरिक हुन कार्यक्रममा सबैलाई आब्हान गरिएको छ् ।

नेपाली काग्रेंस क्षेत्र नं। ३ ९ख० प्रदेश सभा सभापती नर बहादुर साँउदको सभापतित्वमा संचालन भएको संसद विघटनको बिरुद्धमा बिरोध सभाका प्रमुख अतिथी नेपाली काग्रेंस कञ्चनपुर जिल्ला कोषाध्यक्ष शंकर चन्द रहेका थिए ।

कार्यक्रममा माहाकाली नगरपालिकाका मेयर बिर बहादुर सुनार, नेपाली काग्रेंस क्षेत्रिय सभाती गोपाल भट्ट, नेपाली काग्रेंसका नेता बेल बहादुर राना, नाफु सिंह साँउद, डम्मर चन्द, राजेन्द्र मल्ल लगाएत नेपाली काग्रेंसका भातृ संगठन, महिला संघ लगाएत कार्यकर्ता तथा नेपाली काग्रेंसमा आस्था राख्ने शुभेच्छुकहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा माहाकाली नगरपालिकाका बिभिन्न वडा तथा टोलहरुका नेपाली काग्रेंसका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो ।

प्रधानमन्त्री र राष्ट्रपतिले संबिधानको मर्म र भावना विपरित कार्य गरेको बताउदै ओली सरकारले मुलुक र नेपाली जनतालाई समृद्धि दिन नसकेको, नेपाली कांग्रेसले लोकतन्त्रलाई बचाउने काम गरेको नेपाली काग्रेंसका नेता बेल बहादुर रानाले बताए ।

नेकपा भित्रै विभाजन भएको कुनै पनि पक्षबाट देशको प्रगति नहुने, अबको निर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्याएर सरकार चलाउने बताए ।

नेकपा नेतृत्वको सरकारले पार्टी भित्रको आन्तरिक कलहले गर्दा देशलाई अन्यौलमा पारेको नेता रानाको भनाई रहेको छ् । नेकपाले आफ्नै पार्टी भित्र समन्वय गर्न नसक्दा पार्टी भित्रै विभिन्न पक्ष विभाजन भएको बताउदै बक्ताहरुले बहुमत सहितको नेकपा नेतृत्वको सरकार स्थायीत्व हुन्छ भन्ने नेपाली जनताले गरेको अपेक्षा विपरितको कार्य देशमा भएको बताएका छन् ।

केपी शर्मा ओली नेतृत्वको सरकारले लोकतन्त्र र संविधान माथी कुठराधात गरेको बक्ताहरुको ठहर छ् । संविधान र लोकतन्त्रको सरंक्षणका लागी कांग्रेस सडकमा आएको भन्दै अब सबै नेता कार्यकर्ता सजग हुनुपर्नेमा नेपाली कांग्रेंस जिल्ला कोषाध्यक्ष शंकर बहादुर चन्दले जोड दिए ।

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधी सभा विघटन गरेको विरोधमा विभिन्न कार्यक्रम गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशभरका ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको नेपाली काग्रेंस माहाकालीका नगर सचिव राजेन्द्र मल्लले जानकारी दिएका छन् ।

सम्बन्धित शीर्षकहरु