- कुन्दन पाण्डे/महेन्द्रनगर । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्बमन्त्रि एनपि साउँदले नेपाली कांग्रेस कञ्चनपुरलाई ससक्त पार्टि बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनु भएको छ ।
नेपाली कांग्रेसको १४ औं महाधिबेसनका क्रममा कार्यकर्ता भेटघाट गर्न कञ्चनपुर पुग्नु भएका नेता साउँदले पहिलेको अवस्थामा नेपाली कांग्रेस कञ्चनपुरलाई फर्काउन अहिलेको समयमा सबै पालिका ,क्षेत्र र जिल्लामा सर्बसम्मत नेतृत्व चयन गर्ने गरी वाताबरण बनाउन सहयोग गर्न सबैमा आग्रह गर्नु भएको हो ।
नेपालि कांग्रेसको १४ औं महाधिबेसन अन्र्तगत आगामि असोज ९ गतेका लागि तोकिएको पालिका अधिबेसन र त्यसपछि ११ गते हुने प्रदेस सभा निर्बाचन क्षेत्र , १३ गते हुने प्रतिनिधि सभा निर्बाचन क्षेत्र र १६ जिल्लाको अधिबेसनलाई सौहार्दपुणर् बाताबरणमा सम्पन्न गर्न समेत सबैमा कांग्रेस नेता साउँदले आग्रह गर्नु भएको छ ।
नेपाली कांग्रेसका नेता कार्यकर्ता एक ठाउँमा आउनुको बिकल्प नभएकोले छलफल, सम्बाद र सहमति गरेर सबैलाई सम्मान हुने गरी सबैले अगाडि बढ्नु पर्नेमा उहाँ जोड दिनु भएको छ ।
अहिले आंकाक्षा राख्ने धेरै ब्यक्ति भएकाले समय अनुसार सबैको पालो आउने भएकाले नहत्तारीन समेत उहाँले नेपाली कांग्रेसका नेता कार्यकर्तालाई आग्रह गर्नु भएको छ । नेपाली कांग्रेसमा नेतृत्व लिन अगाडि बढेका ब्यक्तिहरुलाई अहिलेको महाधिबेसन अन्तर्गत गाउ, नगर, क्षेत्र ,जिल्ला, प्रदेश र संघमा रहेका बिभिन्न पदमा स्थान दिन सकिने र अन्य छुटेका ब्यक्तिहरुलाई स्थानिय निकाय,प्रदेश र प्रतिनधि सभाको निर्बाचनमा स्थान दिने गरी सहमति गर्नु पर्नेमा समेत उहाँले जोड दिनु भएको छ ।
नेपाली कांग्रेसका नेता कार्यकर्ता एक जुट भए मात्रै कञ्चनपुरका ९ बटै पालिका , ६ बटै प्रदेश सभा निर्बाचन क्षेत्र र ३ बटै प्रतिनिधि सभा निर्बाचन क्षेत्रका बिजय हासिल गर्न सकिने भएकाले एक आपसमा फुटेर नभई जुटेर अगाडि बढ्न समेत कांग्रेसका नेता कार्यकर्तालाई कांग्रेस नेता साउदले आब्हान गर्नु भएको छ ।
एक आपसमा भएका सानातिना मनमुटाब त्यागेर सहयोगको भाबना सहित अगाडि बढ्न समेत उहाँले नेता कार्यकर्तालाई आग्रह गर्नु भएको छ । आम कार्यकर्ता र नेता पार्टिको आन्तरिक अधिबेसनमा नै छिन्नभिन्न भएर लाग्ने हो भने त्यसको असर स्थानिय,प्रदेश र प्रतिनिधिसभाको चुनाबका पर्ने भएकाले समयमा सबैले सचेत बन्नु पर्नेमा समेत उहाँले जोड दिनु भएको छ ।