महेन्द्रनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रक्रिया भदौ १८ बाट सुरु भइसकेको छ । पार्टीले निर्धारण गरेको कार्यतालिका अनुसार कञ्चनपुर लगायतका जिल्लाहरुमा गाउँपालिका र नगरपालिका वडा अधिवेशन सम्पन्न भइसकेको छ ।
वडा अधिवेशन सम्पन्न भइसकेपछि नेताहरु नगरसभापति देखी महाधिवेशन प्रतिनिधि सम्मका पदहरुमा आ–आफ्नो उम्मेद्धवारी घोषणा गरिरहेका छन् ।
कञ्चनपुर क्षेत्र नं. २ बाट युवा नेता सुरेन्द्र देउँवा केन्द्रिय महाधिवेशन प्रतिनिधिको दौडमा छन् । वि.सं. २०५० सालमा कक्षा ८ मा पढ्ने बेला डडेल्धुरा जिल्लाको महेन्द्र माध्यमिक विद्यालयको नेविसंघ सभापति भई नेता देउँवाले आफ्नो राजनितिक जिवनको शुरुवात गरेका थिए ।
विद्यार्थी जीवन देखी नेपाली काँग्रेसमा आवद्ध भई राजनिति शुरु गरेका देउँवा २०५२ सालमा कञ्चनपुर आए । उनि कञ्चनपुरमा पनि निरन्तर पार्टी तथा जनताको सेवामा खटिए ।
युवा नेता देउँवाले २०६२/०६३ को जनआन्दोलनको कञ्चनपुर जिल्ला संयोजक भएर भुमीका निर्वाह समेत गरे । सो क्रममा थुप्रो पटक जेल जीवन समेत बिताएका देउँवा राजनिति पेशा नभई समाज सेवा हो भन्ने भावनाका साथ निरन्तर आफ्नो राजनिति जीवन अगाडी बढाउदैँ गए ।
काँग्रेस बलियो बनाउन र यहाँका जनताको सेवा गर्नका लागि महाधिवेशन प्रतिनिधिमा उम्मेद्धवारी दिने तयारीमा रहेको युवा नेता देउँवाले बताए ।
‘मैले समाज सेवा गर्नको लागि राजनिति गर्दै आएको छु ।’उनले भने ‘राजनिति पेशा होइन समाजसेवा हो भन्ने भावनाले राजनिति शुरु गरेको थिए । आज पनि त्यही समाज सेवा गर्न र पार्टीलाई थप बलियो र सक्रिय बनाउन महाधिवेशन प्रतिनिधिको तयारी गरिरहेको छु ।’
त्यस्तै उनले आफु गुटउपगुटको विरुद्ध भएकोले कुनै गुटमा आवद्ध नरहेको समेत बताए । ‘ म गुट,उपगुटको खिलाप हो ।’ युवा नेता देउँवाले भने ‘त्यसैले म कुनै गुटमा आवद्ध पनि छैन । म आफ्नो चुनाव प्रचारप्रसारमा पनि एक्लै जाने गरेको
छु ।’