पार्टीलाई थप सशक्त बनाउन महाधिवेशन प्रतिनिधिमा मेरो उम्मेद्धवारीः नेता बोहरा

  बुधबार ०६, असोज २०७८ ०२:४१

महेन्द्रनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रक्रिया अन्तर्गत कञ्चनपुर लगाएतका जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेपछि नेताहरु नगरसभापति देखी महाधिवेशन प्रतिनिधि सम्मका पदहरुमा आ–आफ्नो उम्मेद्धवारी घोषणा गरिरहेका छन् ।

कञ्चनपुर क्षेत्र नं. ३ बाट नेता खगेश्वर बोहराले  केन्द्रिय महाधिवेशन प्रतिनिधि पदमा उम्मेद्धवारीको घोषणा गरेका छन् ।

राजनितिक पारिवारिक पृष्ठभुमीमा हुर्केका बोहरा २०३५ सालमा विद्यार्थी जीवन देखी नै काँग्रेसमा आवद्ध रही आफ्नो राजनितिक जीवनको शुरुवात गरे । आफ्ना बुवाको प्रेणाबाट राजनितिक क्षेत्रमा लागेका नेता बोहरा २०४३ सालमा कञ्चनपुर क्षेत्र नं. १ बाट जिल्ला पञ्चायत सदस्य पदमा निर्वाचित भए ।

त्यसपश्चात पनि निरन्तर उनले विभिन्न राजनितिक आन्दोलनमा अग्रपंत्तीमा रहेर  भुमीका निर्वाह समेत  गरे । पार्टी,जनता र समाजसेवाका लागि निरन्तर काम गर्दै आएका नेता बोहरा नेपाली काँग्रेसको ११ औँ र १२ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिमा निर्वाचत भए ।

त्यस्तै १३ औँ महाधिवेशनमा महासमिति सदस्य भए । अहिले १४ औँ महाधिवेशनमा पार्टीलाई थप बलियो,सक्रिय र समाजसेवा गर्न पुनः महाधिवेशन प्रतिनिधिको तयारी गरिरहेको नेता बोहराले बताए ।

‘पार्टीलाई थप क्रियाशिल,सशक्त र केन्द्रमा राम्रो नेतृत्व चयन गर्न म पुनः महाधिवेशन प्रतिनिधिको तयारीमा छु ।’ नेता बोहराले भने ‘मैले समाजसेवा गर्नको लागि नै राजनिति शुरु गरेको हु, त्यही कुरालाई आत्मसाथ गरेर काम गर्छु ।’ त्यस्तै उनले आफु उपगुटको विरुद्ध भएकोले कुनै उपगुटमा आवद्ध नरहेको समेत बताए ।

‘यो उपगुट नेताले नभई कार्यकर्ताले आफ्नो स्वार्थका लागि बनाए जस्तो मलाई लाग्छ ।’ उनले भने ‘जिल्लामा नेताहरुको कुनै उपगुट छैन,त्यसैले म कुनै उपगुटमा आवद्ध छैन । म नेपाली काँग्रेस पार्टी र जनताको लागि काम गर्छु ।’
 

सम्बन्धित शीर्षकहरु